आईतवार, जेष्ठ ३,२०८३ 01:51:18
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 01:51:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सूर्योदय वोमीद्वारा १४.०७७% बोनस सेयर घोषणा, एफपीओ भर्नेले पाउँछन् कि पाउँदैनन् ?

Laxmi Sunrise Bank Limited
सूर्योदय वोमीद्वारा १४.०७७% बोनस सेयर घोषणा, एफपीओ भर्नेले पाउँछन् कि पाउँदैनन् ?
Shivam Cement

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमीटेडले सेयरधनीलाई १४.०७७ प्रतिशत बोनस सेयर  वितरणको प्रस्ताव गरेको छ ।

कम्पनीको माघ १९ गते बसेको सञ्चालक समितिको  २१६ औं बैठकले आर्थिक वर्ष २०७९-८० सम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई २०८० असार मसान्तसम्म कायम चुक्तापूँजी ९१ करोड ७ लाख ८२ हजार ५०० रुपैयाँको १४.०७७ प्रतिशत(१२ करोड ८२ लाख १० हजार ८५३ रुपैयाँ बराबर) बोनस सेय वितरणको प्रस्ताव गरेको हो । 

Bizshala
New Office
CG Motors

राष्टबैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र घोषित बोनस सेयर कार्यान्वयनमा आउनेछ ।  

बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी बढेर १ अर्ब ३ करोड हाराहारीमा पुग्नेछ ।  

साबिकमा रहेका दुईवटा लघुवित्त संस्था एकआपसमा मर्ज भई २०७८ चैत १९ गतेदेखि एकीकृत वित्तीय कारोबार सुरु भएको हुँदा सो मितिदेखि २ वर्षसम्म लाभांशमा कर छुट हुने व्यवस्थाका कारण बोनस सेयरको कर प्रयोजनका लागि रकम नछुट्याइएको कम्पनीले प्रष्ट पारेको छ ।  

तर, एकीकृत कारोबार सुरु भएको मितिभन्दा पछि सेयर खरीद गर्ने सेयरधनीले भने आफैंले लाभांश कर तिर्नुपर्नेछ ।  

यस्तै, यो कम्पनीले एफपीओ समेत निश्कासन गर्ने प्रक्रिया सुरु गरेकोले आगामी २०८० चैत १८ गते भित्र साधारणसभा हुन नसकेको खण्डमा पनि सेयरधनीहरुले लाभांश कर आफैंले तिर्नुपर्ने कम्पनीको प्रष्टोक्ति छ ।  

संस्थाको हाल कायम पूँजी संरचना बमोजिम संस्थापक समूहको सेयर स्वामित्व ७०.३६ प्रतिशत तथा सर्वसाधारणतर्फको सेयर स्वामित्व २९.६४ प्रतिशत रहेकोमा सर्वसाधारणतर्फको सेयर स्वामित्व बढाई ३० प्रतिशत पुर्याउने प्रयोजनका लागि  ४६, ७२९.५४५ कित्ता एफपीओ निश्कासनको प्रक्रियामा रहेकोले वार्षिक साधारणसभा सञ्चालन प्रयोजनार्थ बुक क्लोजभन्दा अगाडि नै सो सेयर समायोजन भएमा समायोजित सेयरधनीहरुलाई समेत प्रस्तावित बोनस सेयर वितरण गरिने कम्पनीले प्रष्ट पारेको छ ।  

एफपीओमार्फत थप हुने सेयरसहित हुन आउने चुक्तापूँजी ९१ करोड ५४ लाख ५५ हजार ४६३ रुपैयाको प्रस्तावित बोनस सेयर बापत रकम १४.००५१ प्रतिशत हुने समेत कम्पनी सचिव प्रमेश आचार्यले प्रष्ट पारेका छन् ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.