आईतवार, असार १,२०८२ 10:17:35
  • आईतवार, असार १,२०८२ 10:17:35
Global IME Bank Limited

चीनमा बिक्री हुनै छाड्यो सुनका गरगहना, ५२% को गिरावट

Hyundai Nepal
चीनमा बिक्री हुनै छाड्यो सुनका गरगहना, ५२% को गिरावट
Nabil Bank Limited

काठमाण्डौ । सुनको सबैभन्दा ठूलो खपतकर्ता देशमध्येको एक चीनमा सुनको बिक्रीमा गिरावट आएको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने क्रम जारी रहेकाले चीनमा सुनबाट निर्मित गरगहनाको बिक्रीमा कमी आएको हो ।  

यस्तै चीनमा यो वर्षको पहिलो ६ महिनामा सुनको मागमा ६ प्रतिशतको गिरावट आएको छ । चाइना गोल्ड काउन्सिलले सार्वजनिक गरेको आँकडाअनुसार जुन महिनासम्ममा चीनमा ५२४ टन सुनको मात्रै माग भएको छ । ब्लूमबर्गको आँकडाअनुसार चीनमा सुनका गरगहनाको बिक्रीमा ५२ प्रतिशतको गिरावट आएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो वर्षको सुरुवाति ३ महिनामा भने चीनमा सुनको माग अत्यधिक रहेको थियो । तर तेस्रो महिनापश्चात भने सुनको मागमा अप्रत्याशित कमी आएको जनाइएको छ । वर्षको सुरुवातमा चीनको केन्द्रीय बैंकले सुनको भण्डारण रेकर्डस्तरमा गरेको थियो । मानिसहरुले पनि ओरालो लागिरहेको सेयर बजार र घरजग्गा कारोबारको विकल्पको रुपमा सुनमा लगानी बढाएका थिए ।  

चीनको केन्द्रीय बैंक ‘पिपुल्स बैंक अफ चाइना’ले १८ महिनाको खरिदलाई ब्रेक लगाउँदै गत मे र जुन महिनामा सुनको खरिद रोकेको थियो । चीनको खस्कदो अर्थतन्त्र र अन्तराष्ट्रिय बजारमा वृद्धि भईरहेको मूल्यका कारण चीनमा यतिबेला आम ग्राहकहरुले समेत सुनको खरिद घटाएका छन् ।  

चाइना गोल्ड काउन्सिलले भने वर्षको सुरुवाति ६ महिनामा सुनका गरगहनाको बिक्री २७ प्रतिशतले घटेको जनाएको छ । यद्यपी सुनको बार र सिक्काको बिक्री भने गत वर्षको तुलनामा ४६ प्रतिशतले बढेको काउन्सिलले उल्लेख गरेको छ । औद्योगिक प्रयोजनका लागि बिक्री भएको सुनको बार र सिक्काको बारेमा प्रतिवेदन सार्वजनिक गरिएको र यसमा केन्द्रीय बैंकले खरिद गरेको आँकडा समावेश नगरिएको काउन्सिलले स्पष्ट पारेको छ ।  

अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा गर्ने कटौती, अमेरिकी राष्ट्रपतिको निर्वाचन र बढ्दै गएको भू–राजनीतिक तनावले अन्तराष्ट्रिय बजारमा सुनको मूल्य अझै बढ्न सक्ने विश्लेषकले बताएका छन् ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.