सोमबार, असार २,२०८२ 04:54:32
  • सोमबार, असार २,२०८२ 04:54:32
Global IME Bank Limited

एनएमबी लघुवित्तको घाटा ६ करोड बढी,खुद ब्याज आम्दानीमा २६.०७% को गिरावट

Hyundai Nepal
एनएमबी लघुवित्तको घाटा ६ करोड बढी,खुद ब्याज आम्दानीमा २६.०७% को गिरावट
Nabil Bank Limited

काठमाण्डौ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ करोड रुपैयाँ बढी घाटा व्यहोरेको छ । संस्थाले जारी गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार  संस्थाले ६ करोड ७५ लाख ६३ हजार रुपैयाँ बढी घाटा व्यहोरेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने संस्था १३ लाख ५३ हजार रुपैयाँ नाफामा थियो ।  

संस्थाको खुद ब्याज आम्दानी २६.०७ प्रतिशतले घट्दै २९ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो आवको समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी ४० करोड २० लाख रुपैयाँ थियो ।  

संस्थाको इम्पेयरमेन्ट चार्ज २ करोड ६३ लाख रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो आवसम्म १ अर्ब ५४ करोड निक्षेप संकलन गरेको संस्थाले समीक्षा अवधिसम्म भने १ अर्ब ४१ करोड मात्रै निक्षेप संकलन गरेको छ ।  

संस्थाको बर्जा प्रवाह समेत २.७८ प्रतिशतले घट्दै ४ अर्ब ७३ करोड रुपैयाँमा सीमित भएको छ ।  

संस्थाको खराब कर्जा अनुपात बढेर ७.८५ प्रतिशत पुगेको छ । अघिल्लो आवमा संस्थाको खराब कर्जा अनुपात ४.९४ प्रतिशत कायम थियो ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)१८.७३ रुपैयाँ ऋणात्मक,मूल्य आम्दानी अनुपात २९.६५ गुणा ऋणात्मक,प्रतिसेयर नेटवर्थ १२९.९५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७३१.८७ रुपैयाँ र तरलता अनुपात ९.३५ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.