मंगलवार, असार ३,२०८२ 09:45:29
  • मंगलवार, असार ३,२०८२ 09:45:29
Global IME Bank Limited

‘मिस्टर एण्ड मिस लियो २०२४’ आयोजना हुँदै

Hyundai Nepal
‘मिस्टर एण्ड मिस लियो २०२४’ आयोजना हुँदै
Nabil Bank Limited

काठमाण्डौ । ‘मिस्टर एण्ड मिस लियो २०२४’आउँदो अक्टोबर ५ मा हुने भएको छ । बहु–डिस्ट्रिक्ट काउन्सिल नेपालले मंगलबार सर्वनाम थिएटरमा पत्रकार सम्मेलन गर्दै यस बारेमा जानकारी दिएको हो ।  

यो कार्यक्रम बहु–डिस्ट्रिक्ट काउन्सिल नेपालले आयोजना गर्नेछ । जसमा १५ वटा डिस्ट्रिक्ट काउन्सिलहरूले सहभागिता जनाउने छन ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

संस्थाले दिएको जानकारी अनुसार यो प्रतियोगिता काठमाण्डौको बुढानिलकण्ठस्थित लेमन ट्री प्रिमियरमा आयोजना हुनेछ । जसमा प्रत्येक डिस्ट्रिक्टबाट एक पुरुष र एक महिला गरी २ जना सहभागीहरु यस कार्यक्रममा प्रतिनिधित्व गर्नेछन ।

कार्यक्रमका समन्वयक इन्जिनियर मनीष अर्यालका अनुसार प्रतियोगितामा विजयी हुने पुरुष र महिला दुवैलाई ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ भने दोस्रो र तेस्रो स्थान हासिल गर्नेलाई क्रमशः२० हजार र १० हजार नगद पुरस्कार दिइनेछ । यस कार्यक्रममा भाग लिन इच्छुक व्यक्तिहरुले ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

सम्मेलनमा बताइएअनुसार प्रतियोगिताको तयारी स्वरूप १५ दिने प्रशिक्षण कार्यक्रम आयोजना गरिनेछ । यस क्रममा नेतृत्व विकास, र्याम्प वाक, पोर्टफोलियो निर्माण लगायतका विभिन्न तालिमहरू दिइनेछ । प्रशिक्षण कार्यक्रम सेप्टेम्बर १५ पछि सर्वनाम थिएटरमा आयोजना हुनेछ ।

१८ देखि ३१ वर्षका लियो सदस्यहरूले जसले कम्तिमा एक वर्ष लियोको सदस्यता लिएकाले यस कार्यक्रममा सहभागिता जनाउन सक्ने बताइएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.