सोमबार, जेष्ठ ४,२०८३ 11:11:17
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 11:11:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

निजी क्षेत्रको सहभागितामा मात्र कृषि व्यावसायिकता बढ्नेमा जोड, सरकारी समन्वय र लगानी सुनिश्चिताको माग

Laxmi Sunrise Bank Limited
निजी क्षेत्रको सहभागितामा मात्र कृषि व्यावसायिकता बढ्नेमा जोड, सरकारी समन्वय र लगानी सुनिश्चिताको माग
Shivam Cement

काठमाण्डौ । कोशी प्रदेशमा कृषिको व्यवसायिकताका लागि निजी क्षेत्रको लगानी प्रवद्र्धन र सरकारी सहयोगमा जोड दिइएको छ।

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा मोरङको कटहरी कृषि थोक बजारमा भइरहेको एक्स्पको गरिएको कृषि अन्तर संवादका सहभागीले सरकारी समन्वयमा व्यवसायिकताको काम अघि बढ्नुपर्ने बताए।

Bizshala
New Office
CG Motors

कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगरले कृषिको व्यावसायीकरण लामो समयदेखि चल्ने गरी पनि उपलब्धी भने आयातमुखी अवस्थामा रहेको बताए।मन्त्री मगरले साना–साना जमिनमा कृषि बाली लगाउने किसानले उत्पादन गरेको बस्तुलाई ठूला कृषि उद्योग सञ्चालन गरी प्रशोधन गरी निर्यात गर्न सकिने बताए। ‘निजी क्षेत्रले चिया उद्योग खोले जस्तै अन्य आयमुलक उत्पादन निर्यात गर्ने उद्देश्यसहित लगानी बढाउनुपर्छ।यसका लागि सरकारले गर्ने सहयोग हुन्छ,’ मगरले भने, ‘साना किसान कै मोडल उपयुक्त हुन्छ किनभने उद्योगीले धेरै जग्गा खरिद गरेर कृषिजन्य उद्यम सञ्चालन गर्न कठिन छ। किसानले उत्पादन गर्ने र उद्योगले खरिद गर्ने तरिका नै उचित हो।’

नेपाल बहुउद्देश्यीय सहकारी संस्था झापाका अध्यक्ष रामचन्द्र उप्रेतीले निर्वाहमुखी कृषिबाट अलि माथि उठेर उत्पादन बढाउनुको विकल्प नभएको सुनाए।

Garima Development Bank
Shivam Cement
IME remit

तरकारी उत्पादन सहकारी संस्था चितवनका सञ्चालक खोजराज कटुवालले कोशी प्रदेश कृषि उपज धेरै निर्यात गर्ने प्रदेश भएको बताउँदै कृषिको आधुनीकीकरणका निम्ति कृषि औजार तथा प्रविधि प्रयोग बढाउनु पर्ने सुझाव दिए।उनले भने,‘इजराइलमा मल्चीङ र थोपा सिंचाई प्रणाली विकास भएको ५५ वर्षपछि हामी बल्ल प्रयोगको शुरुवाती चरणमा छौं।अब आधुनिक ढंगले अघि नबढी सुखै छैन्।’

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.