आईतवार, जेष्ठ ३,२०८३ 02:55:18
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 02:55:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

जागिरसँगैसँगै अतिरिक्त आम्दानी बढाउन चाहनुहुन्छ? यी ३ तरिका अपनाउनुस्

Laxmi Sunrise Bank Limited
जागिरसँगैसँगै अतिरिक्त आम्दानी बढाउन चाहनुहुन्छ? यी ३ तरिका अपनाउनुस्
Shivam Cement

काठमाण्डौ । प्रायः जागिरे मानिसहरु आफ्नो कमाइ निकै कम रहेको गुनासो गर्छन्। उनीहरु जागिरसँगसँगै अतिरिक्त आम्दानी गर्न पनि चाहन्छन्। तर अधिकांश कम्पनीहरुले यस्तो एग्रिमेन्ट गरेका हुन्छन् कि आफ्ना कर्मचारीहरु अन्य कम्पनी वा संस्थामा पार्ट टाइम काम गर्न पाउने छैनन्।

यस्तो अवस्थामा पनि तपाइँ जागिरसँगसँगै अतिरिक्त कमाइ गर्न सक्नुहुन्छ। त्यो पनि तपाइँले काम गरिरहेको कम्पनीको कुनै पनि नियमको उल्लंघन नगरी। हो, अब तपाइँ यी ३ तरिकाले आफ्नो अतिरिक्त आम्दानी बढाउन सक्नुहुन्छ।  

यी ३ तरिका यस्ता छन्–

Bizshala
New Office
CG Motors

१. सेयर बजारमा लगानी

यदि तपाइँले समयमै सेयर बजारमा लगानी गर्न सुरु गर्नुभयो भने केही वर्षमै तपाइँले राम्रै प्रतिफल प्राप्त गर्नुहुनेछ। तर सेयर बजारमा लगानी गर्दा तपाइँले यसबारे राम्रै अध्ययन गर्नुपर्छ। तपाइँ कस्ता कम्पनीहरुमा लगानी गर्दा भविष्यमा राम्रो प्रतिफल आउँछ र कति बेला तथा कुन समयमा सेयर बजारमा लगानी गर्दा राम्रो हुन्छ भन्ने कुरा जान्नुपर्ने हुन्छ। यसका लागि तपाइँले सेयर बजारसँग सम्बन्धित विज्ञहरु वा लामो समयदेखि यसमा लागेहरुसँग रायसल्लाह लिनुपर्ने हुन्छ। यदि तपाइँले सही समयमा सही सेयरमा लगानी गर्नुभयो भने तपाइँले आकर्षक प्रतिफल प्राप्त गर्नुहुनेछ।  

Garima Development Bank
Shivam Cement
IME remit

२. म्युचुअल फन्ड

अधिकांश मानिस सेयर बजारमा लगानी गर्न चाहन्छन् तर असीमित जोखिमका कारण डराउँछन्। त्यस्ता मानिसका लागि म्युचुअल फन्ड राम्रो विकल्प हुन सक्छ। तर म्युचुअल फन्डमा लगानी खन्याउनुअघि पनि तपाइँले हतारो गर्नु हुन्न। केही समय अध्ययन गरेरमात्र म्युचुअल फन्डमा लगानी गर्नुपर्छ। त्यसो त म्युचुअल फन्डमा तपाइँ गर्ने लगानीको केही हिस्सा सेयर बजारमा पुग्छ। तर म्युचुअल फन्ड सञ्चालकहरुमा सेयर बजारबारे जानकारी राखेका विज्ञहरु हुने हुँदा लगानी डुब्ने जोखिम कमै हुन्छ। त्यसैले तपाइँले जति छिटो म्युचुअल फन्डमा लगानी गर्नुहुन्छ त्यति नै तपाइँको अतिरिक्त आम्दानी पनि बढ्दै जानेछ।  

३. राम्रो ब्याज दिने योजना

प्रायः बैंकहरुले तपाइँसँग भएको पैसा निक्षेपका रुपमा संकलन गरी ब्याज प्रदान गर्ने गर्छ। यसको राम्रो विकल्प भनेको मुद्दति निक्षेप नै हो। हाल विभिन्न बैंकहरुले संस्थागत र व्यक्तिगत रुपमा समयावधि हेरेर मुद्दति निक्षेपमा राम्रै ब्याजदर दिँदै आएका छन्। त्यसैले यदि तपाइँ बिना कुनै जोखिम आफूसँग भएको पैसाबाटै अतिरिक्त आम्दानी गर्न चाहनुहुन्छ भने बढी ब्याज दिने बैंक छनोट गरी मुद्दति निक्षेपमा लगानी गर्न सक्नुहुन्छ। – एजेन्सी

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.