IME remit
  • बिहीबार, कार्तिक ६,२०८२ 06:56:26
IME remit
Global IME Bank Limited

यी ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Hyundai Nepal
यी ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Shivam Cement

काठमाण्डो । आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ३ वटा कम्पनीको लाभांश सुरक्षित गर्न अन्तिम दिन रहेको छ । यी कम्पनीहरुमा  एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, सूर्यज्योति लाइफ इन्स्योरेन्स,र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था रहेका छन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

एनआरएन इन्फ्रास्ट्रक्चर र सूर्यज्योति लाइफले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर २१ गते र फर्स्ट माइक्रोफाइनान्सले मंसिर २३ गते  बुकक्लोज गर्दैछन्। यसर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरु यी कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।  

एनआरएन इन्फ्रास्ट्रक्चले गत आवसम्मको सञ्चित मुनाफाबाट चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र सो मा लाग्ने कर प्रयोजनका लागि ०.२३६२ प्रतिशत नगद लाभांश गरी कुल ५.२३६२ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले लाभांश पारित गर्न आगामी पुस १२ गते काठमाण्डौमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान ९ बजेदेखि साधारण सभा डाकेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै सूर्यज्योति लाइफले गत आवका लागि हाल कायम चुक्तापूँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७ रुपैयाँको २० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) प्रस्ताव गरेको छ । यो लाभांश कम्पनीको आगामी पुस ६ गते आयोजना हुने साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।  

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको १५ औं साधारण सभा पनि पुस ११ गते काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली व्याङ्केटमा बिहान १० बजेदेखि सुरु हुनेछ । उक्त सभाले संस्थाको सञ्चालक समितिले प्रस्ताव गरेको ९ प्रतिशत बोनस सेयर र ०.४७ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।  

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.