विभिन्न वित्तीय परिसुचकहरुमा महालक्ष्मी विकास बैंक अब्बल बन्दै
काठमाण्डौ । बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अन्त्य सम्मको वित्तीय विवरण अनुसार आधार दर ७.४८ र कोषको लागत प्रतिशत ५.२९ प्रतिशत रहेको छ । जुन प्रायः बैंक तथा वित्तीय संस्थाहरुको भन्दा पनि कम रहेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८०/८१ असार मसान्त सम्म आधार दर र कोष लागत प्रतिशत क्रमश ९.३९ प्रतिशत र ७.०३ प्रतिशत रहेको थियो...