नेपाल एसबिआई बैंकद्वारा सुर्के माध्यमिक विद्यालयलाई सहयोग
काठमाण्डौ । नेपाल एसबिआई बैंकले दोलखा जिल्लाको भिमेश्वर नगरपालिका–९ स्थित सुर्के माध्यमिक विद्यालयलाई सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नं ९ स्थित उक्त विद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुका लागि स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको हो ।