रियल स्टेटका लागि राष्ट्रबैंकको बम्पर नीति, कर्जा मूल्य अनुपातको सीमा ह्वात्तै बढ्यो
काठमाण्डौ । राष्ट्रबैंकले रियल स्टेट क्षेत्रका लागि बम्पर नीति ल्याएको छ ।
TRENDING
काठमाण्डौ । राष्ट्रबैंकले रियल स्टेट क्षेत्रका लागि बम्पर नीति ल्याएको छ ।
काठमाण्डौ । निजी आवासिय घर निर्माण खरिद गर्न प्रवाह गरिने कर्जाको सीमा २ करोडबाट बढाएर ३ करोड रुपैयाँ पुर्याइएको छ । आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले यस्तो बताएका हुन् ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंका गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाहरुमा निष्क्रिय कर्जा अनुपात बढ्दै गइरहेकाले यसमा सजग हुनुपर्ने बताएका छन् ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका निर्देशक निश्चिल अधिकारी कार्यकारी निर्देशकमा बढुवा भएका छन् । अधिकारीलाई राष्ट्र बैंकको मानव संशाधन व्यवस्थापन विभागले रिक्त रहेको कार्यकारी निर्देशक पदमा बढुवा गरेको हो ।
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले आज(शुक्रबार) दिउँसो आगामी आर्थिक वर्षका लागि तयार भएको मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ। उच्च व्यवस्थापनबाट पारित भइसकेको मौद्रिक नीतिलाई पारित गर्न अहिले बालुवाटारस्थित राष्ट्रबैंकमा सञ्चालक समितिको बैठक बसिरहेको छ । सो बैठकमा तीव्र सुधारात्मक अजेण्डाहरु समेटिएको मौद्रिक नीतिमा व्यापक छलफल भइरहेको र आजै पारित भई १ बजेसम्ममा...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति तयारीलाई अन्तिम चरणमा पुर्याएको छ। शुक्रबार बिहान बोर्ड बैठक बसेर मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भएको स्रोतले जनाएको छ।
काठमाण्डौ । लघुवित्त संस्थाहरुले कर्जा प्रवाह गर्दा तोक्ने ब्याजदरसम्बन्धी व्यवस्थामा ग्राहकहरुलाई राहात हुने गरी नियामक नेपाल राष्टबैंकले थप कडाई गरेको छ । बिहीबार लघुवित्त वित्तीय संस्थाहरुलाई एक सर्कुलर जारी गर्दै राष्टबैंकले एकीकृत निर्देशनमा गरिएको संसोधनको विषयमा जानकारी गराएको हो । लघुवित्त वित्तीय संस्थाहरुले मिति २०८२/०४/०१ भन्दा अगाडि प्रवाह गरेको तथा...
काठमाण्डौ । भुक्तानीका लागि काटिएको बैंकको चेक अनादर प्रमाणित भएको मितिले ६ महिनाभित्रमा उजुरी दिनुपर्ने व्यवस्था कार्यान्वयनमा आएको छ । नेपाल राष्टबैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन संसोधन गर्दै चेक अनादर प्रमाणित भएको मितिले ६ महिना समय गुज्रिएको अवस्थामा खातावाललाई कालोसूचीमा राख्न नमिल्ने व्यवस्था गरेको हो ।
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले केन्द्रीय कार्यालयका लागि घर÷जग्गा शिलबन्दी प्रस्ताव माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै इच्छुक व्यक्ति तथा संस्थाबाट निश्चित शर्त बन्देजहरुको अधिनमा रहि बिक्री प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित चारवटा संगठनले कर्जा असुली प्रक्रियामा जाँदा सहजीकरण तथा शान्ति सुरक्षाको व्यवस्था गरिदिन आग्रह गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशेसिएसन, नेपाल वित्तीय संस्था संघ, र नेपाल लघुवित्त बैंकर्स संघले एक संयुक्त विज्ञप्ती जारी गर्दै कर्जा असुली प्रक्रियामा जाँदा देखिएका विविध समस्याहरूलाई समाधान गर्दै...
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले खातावालाहलाई खातामा उल्लेखित स्थायी लेखा नम्बर९प्यान०अद्यावधिक गर्न आह्वान गरेको छ । बैंकले एक सूचना जारी गर्दै आयकर ऐन २०५८ बमोजिम नेपाल सरकार, अर्थमन्त्रालय आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले सम्पूर्ण ग्राहकहरुलाई प्यान नम्बर अद्यावधिक गर्न आह्वान गरेको हो । &nb...
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको ‘बेष्ट बैंक अवार्ड २०२५’ बाट सम्मानित भएको छ । यो अवार्डसँगै ग्लोबल आइएमई बैंक लगातार २ वर्ष ग्लोबल फाइनान्स म्यागाजिनका बेष्ट बैंक अवार्डबाट सम्मानित भएको हो । ग्लोबल फाइनान्सले ग्लोबल आइएमई बैंकलाई २०२४ मा पनि सम्मानित गरेको थियो । विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.७८ रुपैयाँ र बिक्रीदर १३७.३८ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.८२ रुपैयाँ र बिक्रीदर १३७.४२ रुपैयाँ कायम थियो ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ६३ दिनका लागि उक्त रकम झिक्न लागेको हो । राष्ट्र बैंकले पछिल्लो समय नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही अनुसार आज बजारबाट पैसा झिक्न लागेको हो...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.८२ रुपैयाँ र बिक्रीदर १३७.४२ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३७.०७ रुपैयाँ र बिक्रीदर १३७.६७ रुपैयाँ कायम थियो ।
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले रोल्पाको सुनिल स्मृती गाउँपालिका वडा नम्बर ४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण गरेको छ । असार २३ गते सोमबार आयोजित कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंक, दाङ सब क्लस्टर प्रमुख आश कुमार जरेजुले स्वास्थ्य केन्द्रका प्रमुख डा. युवराज महरालाई ‘अक्सिजन कन्सेन्ट्रेटर’...
काठमाण्डौ । नेपाल एसबिआई बैंकले ७ जुलाईमा बैंकको ३२ औं वार्षिकोत्सव मनाएको छ । यस अवसरमा बैंकले सपथ ग्रहण समारोहको आयोजना गरेको थियो । जहां बैंकका सबै कर्मचारीहरुले बैंकप्रतिको जिम्मेवारीका लागी आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकूमार तिवारीले बैंकको उपलब्धिको बारेमा प्रकाश पारेका थिए ।
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव पेश गरेको छ । महासंघका कार्यबाहक अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा महासंघका पदाधिकारीहरुले मंगलवार नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेललाई भेटेर आगामी मौद्रिक नीतिको लागि सुझाव पेश गरेको हो । महासंघले अर्थतन्त्रमा देखिएको सिथिलता, वित्तीय...
काठमाण्डौ । विदेशी विनिमय सञ्चिति २५.८८ प्रतिशतले बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको असार मसान्तसम्म २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको विदेशी विनिमय सञ्चिति यस वर्षको जेठ मसान्तसम्म २५ खर्ब ६९ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत आवको अन्त्यसम्म १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ...
काठमाण्डौ । शोधानान्तर स्थिति झण्डै ५ खर्ब रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ११ महिनासम्ममा शोधानान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोड रुपैयाँले बचतमा रहेको हो । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.४ खर्ब २५ अर्ब ६७ करोडले बचतमा रहेको थियो । यसर्थ शोधानान्तर स्थिति १५.४५ प्रतिशतले बृद्धि भएको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.