आरबीआईको ऐतिहासिक पहल: नेपालीलाई अब भारतीय बैंकमै रुपैयाँमै ऋण
काठमाण्डौ ।भारतको केन्द्रीय बैंक (आरबीआई) ले पहिलोपटक नेपाल, भूटान र श्रीलङ्काका नागरिक तथा संस्थालाई प्रत्यक्ष भारतीय रुपैयाँमै ऋण लिन सक्ने व्यवस्था गरेको छ।यसअघि भारतीय बैंक वा तिनका विदेशस्थित शाखाबाट यस्तो सुविधा उपलब्ध थिएन। तर, बुधबार मौद्रिक नीति सार्वजनिक गर्दै आरबीआईले छिमेकी मुलुकलाई लक्षित नयाँ प्रावधान ल्याएको हो।

