बुधबार, मंसिर १७,२०८२ 10:38:53
Bizshala
  • बुधबार, मंसिर १७,२०८२ 10:38:53
एनएमबि लघुवित्तको अध्यक्षमा भट्टाराई, दुईजना सञ्चालक समेत नियुक्त
Capital Market

एनएमबि लघुवित्तको अध्यक्षमा भट्टाराई, दुईजना सञ्चालक समेत नियुक्त

काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा कष्ण दत्त भट्टाराई नियुक्त भएका छन् । वैशाख २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सञ्चालक भट्टराईलाई संस्थाको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई सोही दिनदेखि लागू हुनेगरी आगामी ४ वर्षका लागि अध्यक्ष नियुक्त गरिएको हो ।  

सुपर मादी हाईड्रोपावरको नाफामा सामान्य गिरावट, कस्तो छ समग्र वित्तीय अवस्था ?
Capital Market

सुपर मादी हाईड्रोपावरको नाफामा सामान्य गिरावट, कस्तो छ समग्र वित्तीय अवस्था ?

काठमाण्डौ । आयोजनाको उत्पादनमा मेशिनको मर्मतको कार्य भएकाले कन्ट्राक्ट इनर्जीभन्दा कम उत्पादन भई सुपर मादी हाईड्रोपावर लिमिटेडको आम्दानीमा कमी आएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा विद्युत बिक्रीमार्फत ७४ करोड १२ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २१.६० प्रतिशतले कम हो ।  अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले...

साहस उर्जाको नाफा ७४% ले बढ्दै ८३.४१ करोड पुग्यो, आम्दानी २.१४ अर्ब
Capital Market

साहस उर्जाको नाफा ७४% ले बढ्दै ८३.४१ करोड पुग्यो, आम्दानी २.१४ अर्ब

काठमाण्डौ । साहस उर्जा कम्पनी लिमिटेडको वित्तीय अवस्थामा सुधार आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले ८३ करोड ४१ लाख रुपैयाँबराबरको नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ७४.४५ प्रतिशतले बढी हो ।  अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ४७ करोड ८१ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको...

आम्दानी घटेसँगै बुद्धभुमी नेपाल हाईड्रोको नाफामा ४४% को गिरावट
Capital Market

आम्दानी घटेसँगै बुद्धभुमी नेपाल हाईड्रोको नाफामा ४४% को गिरावट

काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ५ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४४.९१ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले १० लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीको विद्युत बिक्री आम्दानी पनि घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १२ करोड ७९ लाख रुपैयाँ रहेको कम्पनीको...

हकप्रद निष्कासनका लागि तेह्रथुम पावरको बुक क्लोज मिति तय
Capital Market

हकप्रद निष्कासनका लागि तेह्रथुम पावरको बुक क्लोज मिति तय

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि जेठ ५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।  यसर्थ बुक क्लोज हुनु अघि अर्थात जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदमा खरिद आवेदन दिन योग्य हुनेछन् ।  

घाटाबाट बाहिरिँदै माथिल्लो मैलुङ खोलाले आर्जन गर्यो १.९० करोड नाफा
Capital Market

घाटाबाट बाहिरिँदै माथिल्लो मैलुङ खोलाले आर्जन गर्यो १.९० करोड नाफा

काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेड घाटाबाट बाहिरिँदै नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ३ करोड १७ लाख घाटामा रहेको थियो ।  कम्पनीले विद्युत बिक्रीमार्फत २४ करोड ५६ लाख रुपैयाँ आर्जन गरेको छ । यो अवधिसम्म कम्पनीले ३ लाख ५७ हजार अन्य आम्दानी र १६...

अघिल्लो आवमा घाटामा रहेको सिंगटी हाईड्रोपावरले कमायो १३.४३ करोड नाफा, खर्च पनि घटाउन सफल
Capital Market

अघिल्लो आवमा घाटामा रहेको सिंगटी हाईड्रोपावरले कमायो १३.४३ करोड नाफा, खर्च पनि घटाउन सफल

काठमाण्डौ । आम्दानी बढेसँगै सिंगटी हाईड्रोपावर कम्पनी लिमिटेड घाटाबाट उम्किएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्ममा १३ करोड ४३ लाख रुपैयाँबराबरको खुद सञ्चालन मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनी ३ करोड २१ लाख रुपैयाँ घाटामा थियो ।  कम्पनीले विद्युत बिक्रीमार्फत ५५ करोड १६ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने...

मिथिला लघुवित्तको नाफामा ७७.१४% को बढोत्तरी, आम्दानी र ईपीएस कति ?
Capital Market

मिथिला लघुवित्तको नाफामा ७७.१४% को बढोत्तरी, आम्दानी र ईपीएस कति ?

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म सन्तोषजनक प्रदर्शन गरेको छ । समीक्षा अवधिसम्म संस्थाको अधिकांश सूचकमा प्रगति देखिएको छ । संस्थाले चालु आव २०८१/८२ को तेस्रो त्रैमाससम्ममा ५ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ७७.१४ प्रतिशतले धेरै हो ।  अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ३...

नयाँ स्टक एक्सचेञ्जको प्रक्रिया तीव्र पार्ने सेबोनको तयारी, स्वार्थ समूह भने रोक्ने खेलमा
Capital Market

नयाँ स्टक एक्सचेञ्जको प्रक्रिया तीव्र पार्ने सेबोनको तयारी, स्वार्थ समूह भने रोक्ने खेलमा

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने प्रक्रियालाई तीव्र गतिमा अगाडि बढाउने भएको छ ।  बोर्डले केही महिनाअघि गठन गरेको समितिले सञ्चालक समितिसमक्ष आफ्नो प्रतिवेदन पेश गरिसकेको छ । यसकै आधारमा अब धितोपत्र बोर्डले सञ्चालक समितिको बैठक राखेर बाँकी प्रक्रियाहरुलाई तीव्र गतिमा अगाडि बढाउने तयारी गरेको हो । 

आरएसआई ओभर सोल्ड जोन नजिक पुगेको बजारको अबको सम्भवना कस्तो ?
Capital Market

आरएसआई ओभर सोल्ड जोन नजिक पुगेको बजारको अबको सम्भवना कस्तो ?

काठमाण्डौ । आज बजार करिब १० अंकले घटेर बन्द भयो । योसँगै नेप्से लगातार ५ दिनमा ५१.१७ अंकले घटेको छ । आजको बजारलाई कारोबार तथा भोल्युमबाट नियाल्दा बजारमा २० दिने मुभिङ एभरेज भन्दा तल कारोबार भएको छ ।  बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजार तल्लो ब्याण्डसँगै हिडेको छ भने म्याक्डीमा यस अघि नै बियरिस क्रसओभर बनेको छ । यो सँगै हिस्टोग्राम पनि नेगेटिभ र लामा–लामा हुँदै गएका छन् ।...

राधी जलविद्युत ‘फियर एण्ड ग्रिड इन्डेक्समा’ बुलिस सेन्टिमेन्टमा चल्दै, कस्तो रहला आगामी यात्रा ?
Capital Market

राधी जलविद्युत ‘फियर एण्ड ग्रिड इन्डेक्समा’ बुलिस सेन्टिमेन्टमा चल्दै, कस्तो रहला आगामी यात्रा ?

काठमाण्डौ । राधी जलविद्युत कम्पनी लिमिटेड नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत जलविद्युत कम्पनीमध्ये एक हो । यो कम्पनी लमजुङ जिल्लामा २०६२ सालमा स्थापित कम्पनी हो । कम्पनीले लमजुङ जिल्लामा ४.४ मेगावाटको राधी स्मल हाईड्रोपावर प्रोजेक्ट निर्माण गरेको छ । यस कम्पनीले नेपालका अन्य विभिन्न जलविद्युत परियोजनामा समेत लगानी गरेको छ ।  आधारभूत पक्षः  यस आर्थिक वर्षको दोस्रो...

सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च बिक्री
Capital Market

सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च बिक्री

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा ७ अर्ब ६३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार भएका टप १० ब्रोकरहरुमा ४ वटाबाट उच्च खरिद माग भएको छ भने ६ वटाबाट भने उच्च बिक्री भएको छ ।  उच्च सेयर खरिद भएका ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, भिजन सेक्युरिटिज, सुमेरु सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिज रहेका छन् ।

नेप्सेमा थपियो पौने १२ लाख कित्ता बोनस सेयर
Capital Market

नेप्सेमा थपियो पौने १२ लाख कित्ता बोनस सेयर

काठमाण्डौ । नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेपाल हाइड्रो डेभलोपर्स र आरएसडीसी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।  नेपाल डेभलोपर्सको साधारण सभाबाट पारित भएको ८ प्रतिशत दरको कुल २ लाख ८७ हजार ५५३ कित्ता बोनस सेयर र आरएसडीसी लघुवित्तको ९.५० प्रतिशत दरको कुल ८ लाख ९७ हजार १३३ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  

१२ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा रिलाबयल नेपाल लाइफ
Capital Market

१२ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा रिलाबयल नेपाल लाइफ

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ९.६२ अंकले घटेर २६१० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१९ कम्पनीको १ करोड ८४ लाख ३७ हजार ९४२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६३ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा उपसूचक ०.१२ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचक ०.०६ प्रतिशतले बढेको छ । आज...

लगातार ५ दिन घट्यो नेप्से, १० वटा समूह राताम्मे
Capital Market

लगातार ५ दिन घट्यो नेप्से, १० वटा समूह राताम्मे

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा गिरावट आएको छ । आज नेप्से परिसूचक ०.३६ प्रतिशत अर्थात ९.६२ अंकले घटेर २ हजार ६१०.७६ विन्दुमा सीमित बनेको छ ।यससँगै नेप्से लगातार ५ दिन घटेको छ । आज बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२८ प्रतिशतले घटेर ४४०.२५ विन्दुमा खुम्चिएको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१९ वटा स्क्रिप्टको १...

सोलार फार्मले अघि बढायो आईपीओको प्रक्रिया, सेबोनसँग अनुमति माग
Capital Market

सोलार फार्मले अघि बढायो आईपीओको प्रक्रिया, सेबोनसँग अनुमति माग

काठमाण्डौ । सोलार फार्म लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ ।  कम्पनीले वैशाख ७ गते सेबोनमा आवेदन दिएको हो ।  

विद्युत उत्पादन सुचारु भएसँगै पाँचथर पावरको घाटामा कमी, आम्दानी ७२.९६ लाख
Capital Market

विद्युत उत्पादन सुचारु भएसँगै पाँचथर पावरको घाटामा कमी, आम्दानी ७२.९६ लाख

काठमाण्डौ । विद्युत उत्पादन सुचारु भएसँगै पाँचथर पावर कम्पनी लिमिटेडको घाटामा कमी आएको छ । चालु आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले ५ करोड १६ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले १२ करोड ५ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।  यो अवधिमा कम्पनीले विद्युत बिक्रीमार्फत ७२ लाख ९६ हजार रुपैयाँ आर्जन गरेको छ। २०८० असार महिनामा आएको बाढीले...

अपर स्याङ्गे हाईड्रोपावर १.६२ करोड घाटामा, आम्दानीमा २१% को गिरावट
Capital Market

अपर स्याङ्गे हाईड्रोपावर १.६२ करोड घाटामा, आम्दानीमा २१% को गिरावट

काठमाण्डौ । अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । जसअनुसार कम्पनीको नाफामा १ करोड ६२ लाख रुपैयाँ घाटामा रहेको छ ।  अघिल्लो आवको समेही अवधिसम्म पनि ३४ लाख १७ हजार घाटामा रहेको थियो । विद्युत बिक्री आम्दानीमा आएको गिरावटका कारण कम्पनीको घाटा बढेको हो । यो अवधिसम्म  विद्युत बिक्रीमार्फत कम्पनीले ३...

ब्याज आम्दानी बढेसँगै गणपति लघुवित्तको नाफामा उल्लेख्य सुधार, कस्तो छ समग्र वित्तीय अवस्था ?
Capital Market

ब्याज आम्दानी बढेसँगै गणपति लघुवित्तको नाफामा उल्लेख्य सुधार, कस्तो छ समग्र वित्तीय अवस्था ?

काठमाण्डौ । ब्याज आम्दानी बढेसँगै गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य सुधार आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म २ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १७१.७१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले ८५ लाख ७९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।  संस्थाको खुद ब्याज आम्दानी ५४.१८...

आशा लघुवित्तको आम्दानीसँगै नाफा पनि बढ्यो, वितरणयोग्य मुनाफा भने ६०.६३% ले घट्यो
Capital Market

आशा लघुवित्तको आम्दानीसँगै नाफा पनि बढ्यो, वितरणयोग्य मुनाफा भने ६०.६३% ले घट्यो

काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा ६ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोहि अवधिको तुलनामा ६८.९४ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोहि अवधिसम्म भने संस्थाले  ३ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  यस्तै तेस्रो त्रैमाससम्म संस्थाले ५० करोड ८० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.