नेप्सेमा दुई कम्पनीको ८३ लाख कित्ता बढी बोनस सेयर सूचीकृत
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र आत्मनिर्भर लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा यी दुई कम्पनीको कुल ८३ लाख ५ हजार ६८१.३६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

