१८ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १४.८७ अंकले घटेर २६३४.२३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१४ कम्पनीको २ करोड १८ लाख २८ हजार २३१ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह १.०८ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह ०.५७ प्रतिशतले...

