नेपाल ल्युब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाण्डौ । नेपाल ल्युब आयल लिमिटेडले गत आवका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १२ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको उक्त लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

