समृद्धि फाइनान्समा दुईजना सञ्चालक नियुक्त
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको बैशाख २५ गते बसेको सञ्चालक समितिको बैठकले दुई नयाँ सञ्चालक नियुक्त गरेको छ।बैठकले संस्थापक सेयरधनी एसजी अर्गनाइजेशन लिमिटेडको तर्फबाट रोशन पन्तलाई तथा स्वतन्त्र सञ्चालकको रूपमा अजयकुमार मिश्रलाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

