ग्राउण्ड जीरो: ब्रोकरहाउसमा फर्कियो रौनक, लगानीकर्ता भन्छन् ‘नियामकले माग पूरा गरे ३ हजार कट्छ ’
काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियामित स्तम्भ ग्राउण्ड जिरोलाई निरन्तरता दिएका छौं । अघिल्लो साता नेगेटिभ सर्किटका साथ बन्द भएको बजारमा आज के होला भनेर लगानीकर्तामा कौतुहलता थियो । आज हामीले सुन्धारा तथा कमलादी आसपासका केही ब्रोकरहाउसहरु पुगेर आजको बजारको अवस्था नियाल्ने प्रयास गर्यौं । आज हामी बजार नखुल्दै सुन्धारा सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ५२) मा...

