बोर्डमा होटल समूहका ३ कम्पनीले दिए आईपीओ निष्कासनका लागि आवेदन
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)मा होटल समूहका ३ वटा कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिएका छन् । सेबोनमा आवेदन दिनेमा ठमेल होटल प्लाजा,अकामा होटल र बन्दीपुर केबलकार एण्ड टुरिजम रहेका छन् । यी कम्पनीमध्ये ठमेल होटलले १० करोड रुपैयाँबराबरको १ लाख कित्ता, अकामा होटलले २२ करोड ५० लाख रुपैयाँबराबरको ४५ लाख कित्ता र बन्दीपुर केबलकारले ३० करोड ६० लाख...

