सर्वोत्तम सिमेन्टको २५.५४ लाख कित्ता सेयरको लक इन अवधि भदौमा समाप्त हुने
काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको लक इन अवधि आगामी भदौ महिनामा समाप्त हुने भएको छ । कम्पनीले सर्वसाधारणलाई निष्कासन गर्न छुट्टाएको सेयरमध्येको सामूहिक लगानी कोषका लागि छुट्टाएको ५ प्रतिशतले हुन आउने १ लाख ५४ हजार २२७ कित्ता सेयर र योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँड गरेको २४ लाख कित्ता गरी कुल २५ लाख ५४ हजार २२७ कित्ता सेयरको लक इन अवधि भदौ २५ गतेपश्चात सकिन...

