नेशनल लाइफबाहेक सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउने सलिको
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २५.९३ अंकले बढेर २००६.२८ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३२० कम्पनीको १ करोड १८ लाख ३८ हजार १५० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८० करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज फाइनान्स समूह बाहेकका सबै समूहमा हरियाली छाएको छ । बीमा समूहका दुईवटै...

