‘एनआईसी एशिया इक्विटी लिङ्क्ड इन्भेष्टमेन्ट स्किम’ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘एनआईसी एशिया इक्विटी लिङ्क्ड इन्भेष्टमेन्ट स्किम’ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । एनआईसी एशिया बैंक कोष प्रवद्धक र एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १० करोड इकाइको बिक्री आवेदन गत साउन २९ गतेदेखि खुला गरिएको थियो।

