लगातार दुई दिन बढ्यो नेप्से, कारोबार ५ महिनाकै न्यून
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) बढेको छ । आज नेप्से परिसूचक ०.१७ प्रतिशत अर्थात ४.८३ अंकले बढेर २ हजार ७६६.०९ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१० प्रतिशतले बढेर ४७४.८९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको ९२ लाख ४३ हजार २३२ कित्ता सेयर ४ अर्ब १८ करोड ५३ लाख...

