लगातार दुई दिन घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य लागातार दुई दिन घटेको छ । अघिल्लो दिन प्रतितोला ७ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ८ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४० हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।