आज पनि प्रतिऔंस १६ डलरले बढ्यो सुनको मूल्य, कति पुग्यो भाउ ?
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ०.६८ प्रतिशत अर्थात प्रतिऔंस १६.४६ डलरले बढेको छ । यो वृद्धिसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ४३१.०९ डलरमा कारोबार भईरहेको छ । आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । चाँदीको मूल्य २.४४ प्रतिशत अर्थात प्रतिऔंस ०.७६ डलरले बढेको छ । चाँदीको मूल्य प्रतिऔंस ३२.१७...