सुनको मूल्य प्रतिऔंस २३ डलरले घट्यो, कति पुग्यो भाउ ?
काठमाण्डौ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य १ प्रतिशत अर्थात प्रतिऔंस २३.१० डलरले घटेको छ । यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ३०१.२९ डलरमा कारोबार भईरहेको छ । यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ०.१५ डलरले घट्दै प्रतिऔंस २६.६३ डलर कायम भएको छ ।