सुनको मूल्य तीन साताकै न्यून नजिक, प्रतिऔंस कति पुग्यो भाउ ?
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य तीन साताकै न्यून नजिक पुगेको छ । आजको कारोबारमा सुनको मूल्य १३ डलरले घट्दै प्रतिऔंस ३ हजार ३१२ डलरका कारोबार भईरहेको छ । सोमबार अमेरिका र युरोपबीच भएको व्यापार सम्झौताले डलर बलियो बन्दा र लगानीकर्ताको रिस्क सेन्टिमेन्ट घट्दा सुनको मूल्यमा गिरावट आएको हो ।