सुनको मूल्य पहिलोपटक तोलाको २ लाख नाघ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । सुनको मूल्य पहिलोपटक तोलाको २ लाख नाघेको छ । आजको कारोबारमा मूल्य बढेसँगै नेपाली बजारमा सुनले २ लाखको आँकडा पार गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज अघिल्लो दिनको तुलनामा सुनको भाउ १२ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।