आज सुनको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?
काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्य बढेको छ । आइतबारको कारोबारमा सुनको मूल्य १ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो शुक्रबार भने सुनको कारोबार प्रतितोला १ लाख ९१ हजार ८ सयमा भएको थियो ।