सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । लागातार ४ दिन घटेको सुनको भाउ आज बढेको छ । आज अघिल्लो दिनको तुलनामा १ रुपैयाँले बढ्दै सुनको ओरालो यात्रा थामिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको कारोबार प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँमा भईरहेको जनाएको छ ।