काठमाण्डौ । बढ्दो अनिश्चितता र भूराजनीतिक तनावका कारण यतिबेला विश्वभरका धनाढ्यहरु सुनलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न लागेका छन् । यस्तोमा अधिकांश धनाढ्यको आकर्षणको गन्तव्य बनेको छ सिंगापुर ।
विमानस्थलबाट नजिकै रहेको ट तल्ले भवनमा कडा सुरक्षाका बीच सुन भण्डारण केन्द्र रहेको छ । स्टिलको ढोका पछाडी १.५ बिलियन डलरबराबरको सन तथा चाँदीको भण्डारण रहेको छ ।
‘द रिजर्भ’ नामको यो कम्पनीको भवन निजी भल्टले भरिएको छ । यो वर्षको सुरुवातदेखि अप्रिलसम्म सुनको भण्डारण गत वर्षको तुलनामा ८८ प्रतिशतले बढेको कम्पनीका संस्थापक ग्रेगर ग्रिगर्सनले बताएका छन् । कम्पनीले सुन र चाँदीको बार समेत बिक्री गर्ने गरेको छ र यो वर्ष यसको बिक्रीमा २०० प्रतिशतको उछाल आएको छ ।
ट्यारिफ र विश्व भू–राजनितीकको सम्भावित तनावका कारण विश्वभरका ग्राहकहरु सुनको भण्डारणका लागि आईरहेको ग्रेगर्सनले बताए । कम्पनीमा यतिबेला ९० प्रतिशतभन्दा ग्राहक विदेशबाट आईरहेको समेत उनले बताए ।