एशियन लाइफको १७ औं साधारण सभा आज आयोजना हुँदै
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १७ औं वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । उक्त सभा बाराको सिमरामा रहेको होटल इच्छामा दिउँसो १ बजेदेखि आयोजना हुनेछ ।सभामा आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित ५.१० प्रतिशत बोनस सेयर र ०.२६८४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरणको प्रस्ताव पारित गरिनेछ ।

