लिबर्टी माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने, डाक्यो विशेष साधारण सभा
काठमाण्डौ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको अजेण्डा पारित गर्न विशेष साधारण सभा डाकेको छ । साउन १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी साउन ३१ गतेका लागि विशेष साधारण सभा डाकेको हो ।