निर्जीवन बीमा कम्पनीको व्यवसायमा सामान्य सुधार, प्रिमियम संकलनमा शिखर इन्स्योरेन्स नम्बर वान
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा सामान्य सुधार देखिएको छ । सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीले गत आर्थिक वर्षको तुलनामा ०.३६ प्रतिशतले मात्रै व्यवसाय बढाएका छन् । कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिनामा ३६ अर्ब ३२ करोड ९९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो व्यवसाय गत वर्षको तुलनामा १३ करोड ११ लाख रुपैयाँ मात्रै बढी हो । गत वर्षको यसै अवधिसम्म...