जीवन बीमा कम्पनीहरुले भित्र्याए रु.८०.६६ अर्ब प्रिमियम, नेपाल लाइफ एक्लैले २७.८४%
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले साढे ८० अर्ब रुपैयाँ प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १४ जीवन बीमा कम्पनीहरुले चालु आवको दोस्रो त्रैमाससम्म ८० अर्ब ६६ करोड ३८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । यो व्यवसाय गत आवको सोही अवधिसम्मको तुलनामा ८.६८ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म जीवन बीमा कम्पनीहरुले ७४ अर्ब २२...