नेपाल इन्स्योरेन्सको हकप्रद सेयर बाँडफाँड, करिब २ लाख कित्ता लिलामीमार्फत बिक्री गरिने
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत साउन ६ गतेदेखि भदौ २ गतेसम्म जारी गरेको हकप्रद भदौ १५ गते बाँडफाँड गरेको हो । कम्पनीले गत जेठ २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुका लागि हाल कायम चुक्तापूँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँबराबरको १०ः३.४७८ अनुपातमा रु.१०० अंकित दरका ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद...

