बीमा कम्पनीहरुमा दाबी अत्यधिक बढ्दै, नेपाल रि इन्स्योरेन्सलाई दायित्वको भार
काठमाण्डौ । भदौ २३ र २४ गते भएको जेनजीहरुको आन्दोलनका कारण भएको क्षतिबाट निर्जीवन बीमा कम्पनीहरुमा दाबी संख्या अत्यधिक बढ्न थालेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार असोज ८ गतेसम्ममा निर्जीवन बीमा कम्पनीहरुमा २३ अर्ब ३९ करोड २७ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ । हुलदंगाबाट भएको क्षतिका कारण ठूला बीमक र लघुबीमा गरी कुल १८ कम्पनीमा हालसम्म २ हजार ९८८ वटा बीमा दाबी परेको...

