दुई पुनर्बीमकको सेयरमूल्य निरन्तर बढ्नुको के हुनसक्छ रहस्य ? अनर्गल प्रचार वा भित्रि चलखेल ?
काठमाण्डौ। गत फागुन ४ गतेदेखि सेयर बजार लगातार बढ्न थालेको छ । ६ कारोबार दिनमा ६ दिन नै बजार बढेपछि लगानीकर्ताहरु उत्साहित बनेका छन् । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा नजिकिदै जानु र नेपाल राष्ट्र बैंकमा नयाँ गनर्भर आउने विषयले विशेषगरी सेयरबजारमा छुट्टै रौनक देखिन थालेको छ । बजार लगातार बढ्दै जाँदा वित्तीय अवस्था बलिया वा कमजोर भएका सबैखालका कम्पनीहरु चल्न थालेका...