नेशनल लाइफको नाफा र बीमाशुल्क आर्जनमा सामान्य वृद्धि, रिटेन्ट अर्निङ ५०% ले घट्यो
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा र बीमाशुल्क आर्जनमा सामान्य वृद्धि भएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म १३ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा कम्पनीले आर्जन गरेको १३ करोड २ लाख रुपैयाँको तुलनामा ६.२४ प्रतिशतले बढी हो । कम्पनीको खुद बीमाशुल्क आर्जन पनि १८.१३ प्रतिशतले बढेर ४ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ ।