गार्डियन माइक्रो लाइफको आइपीओमा १३.६५ गुणा बढी आवेदन, १७ लाख बढीको हात खाली हुने
काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा अन्तिमदिनसम्म १३.६५ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार कम्पनीको आइपीओमा १९ लाख ०६ हजार ७४८ जनाले आवेदन दिएका हुन् । कम्पनीको आइपीओमा २ अर्ब ५१ करोड ९० लाख ३६ हजार रुपैयाँ बराबरको २ करोड ५१ लाख ९० हजार ३६० कित्ताका लागि आवेदन परेको हो ।