मोटर बीमाले धानेको निर्जीवन बीमा व्यवसाय, किन महत्व छ यो बीमा ?
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय मोटर बीमा र सम्पत्ति बीमाले धानेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको दोस्रो त्रैमाससम्म निर्जीवन बीमकहरुको कुल व्यवसायमा ३१.२० प्रतिशत मोटर बीमा र २५.७६ प्रतिशत सम्पत्ति बीमा व्यवसाय रहेको छ । दोस्रो त्रैमाससम्म निर्जीवन बीमा कम्पनीहरुले मोटर बीमा व्यवसायमार्फत ६ अर्ब ६४ करोड ९७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका...