सूर्यज्योति लाइफ इन्स्योरेन्सको खुद नाफा ३३.८९ प्रतिशतले वृद्धि, ईपीएसमा पनि सुधार
काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २९ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको सोहि अवधिको तुलनामा ३३.८९ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले २२ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन पनि ३८.६८ प्रतिशतले बढेको छ ।...

