निर्जीवन बीमा कम्पनीले संकलन गरे रु.२६ अर्ब प्रिमियम, ५ वटा कम्पनीको व्यवसाय घट्यो
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ८ महिनासम्ममा २६ अर्ब भन्दा बढी प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ निर्जीवन बीमा कम्पनीले फागुन मसान्तसम्म २६ अर्ब १६ करोड ५० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । निर्जीवन बीमकहरुको यो व्यवसाय गत आवको यसै अवधिसम्मको तुलनामा १.१३ प्रतिशतले बढी हो । गत आवको यस अवधिसम्म निर्जीवन बीमा...

