सूर्यज्योति लाइफको ८.८७ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक
काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो नाममा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर लिलामी मार्फत बिक्रीमा राखेको छ । बैंकले कम्पनीको ८ लाख ८७ हजार ८२५ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १६५ रुपैयाँ निर्धारण गरिएको छ ।

