राष्ट्र बैंकको कारवाहीमा परे दुई वाणिज्य बैंक र दुई फाइनान्स कम्पनी
काठमाण्डौ । गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमास ४ वटा बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारावाहीमा परेका छन् । यो अवधिमा २ वटा वाणिज्य बैंक र दुईवटा फाइनान्स कम्पनी राष्ट्र बैंकको कारवाहीमा परेका हुन् । राष्ट्र बैंकको कारवाहीमा पर्नेमा सिटिजन्स बैंक इन्टरनेशनल, एनआइसी एशिया बैंक, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स र पोखरा फाइनान्सलाई रहेका छन् । सिटिजन्स...

