७ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, एलआइसी नेपालका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ६.३२ अंकले घटेर २६६९.८२ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत ३०३ कम्पनीको ८७ लाख ६८ हजार ५६६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । बीमा समूहका दुईवटै उपसूचक आज घटेका छन् ।जीवन बीमा उपसूचक १ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.१९ प्रतिशतले घटेको छ...