लयमा फर्कदै एशियाली सेयर बजार, आज अधिकांश बजारमा हरियाली
काठमाण्डौ । आज अधिकांश एशियाली सेयर बजारमा वृद्धि देखिएको छ । आज जापानको सेयर बजार सूचक निक्की२२५ १.२ प्रतिशतले बढेको छ । जापानका केन्द्रीय बैंकका डेपुटी गभर्नरले ब्याजदर बढाउने निर्णय तत्कालै कार्यान्वयनमा नआउने बताएपछि सेयर बजारमा वृद्धि देखिएको हो । अघिल्लो दिन पनि निक्की२२५ मा हरियाली छाएको थियो । यस्तै आज दक्षिण कोरियाको कोप्सी पनि १.८ प्रतिशतले बढेको छ । हङकङको...