युनिलिभर नेपालको सेयरमूल्य प्रतिकित्ता ५६ हजार नजिक
काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडको सेयरमूल्य ५६ हजार रुपैयाँ नजिक पुगेको छ । आज कम्पनीको सेयरमूल्य ४ प्रतिशत बढ्दै प्रतिकित्ता ५५ हजार ९२० रुपैयाँ पुगेको छ । युनिलिभर नेपाल नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा कारोबार हुने कम्पनीहरुमध्ये सर्वाधिक सेयरमूल्य भएको कम्पनी हो । आज कम्पनीले प्रतिकित्ता मूल्य ५४ हजार ५ सय रुपैयाँका साथ कारोबारको थालनी गरेको छ । कम्पनीको...