डिम्याट र मेरो सेयरको शुल्क तिर्नुभयो ? नविकरण नगरे डिम्याट खाता फ्रिज हुन सक्ने
काठमाण्डौं । सेयर लगानीकर्ताहरुले नयाँ आर्थिक वर्ष लागेसँगै आफ्नो डिम्याट खाता र मेरो सेयर नविकरण गर्नु पर्ने हुन्छ । सीडीएसीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार मेरो सेयर लगानीकर्ताहरुले अघिल्लोपटक नविकरण गरेको एक वर्षमा गर्नु पर्ने हुन्छ । तर डीम्याट खाता भने हरेक आर्थिक वर्ष सकिने वित्तिकै नविकरण गर्नुपर्ने हुन्छ ।