९ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा आइजीआई प्रुडेन्सियल
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १४.०८ अंकले घटेर २७१५.९१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१५ कम्पनीको १ करोड ६९ लाख १७ हजार ८३५ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज हाइड्रोपावर र अन्य उपसूचक मात्रै बृद्धि भएको छ भने बाँकी सबै उपसूचक घटेको छ...