मंगलवार, जेष्ठ ५,२०८३ 11:28:14
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 11:28:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पुस ५ गतेदेखि औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित अन्तराष्ट्रिय प्रदर्शनी हुने

Laxmi Sunrise Bank Limited
पुस ५ गतेदेखि औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित अन्तराष्ट्रिय प्रदर्शनी हुने
Shivam Cement

काठमाण्डौ । मिडिया स्पेस सोलुसन्स (एमएसएस), फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रालि तथा एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि (इटिएसआइपिएल) को संयोजकत्वमा यही पुस ५ देखि ७ गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित ‘नेपाल फर्मा एन्ड हेल्थ अन्तराष्ट्रिय प्रदर्शनी’ तथा ‘नेपाल हस्पिटल, सर्जिकल तथा मेडिकल अन्तराष्ट्रिय प्रदर्शनी’ प्रदर्शनी आयोजना हुने भएको छ ।  

उक्त प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढि कम्पनीहरुको स्टल रहने छन् । नेपाल फर्मा एन्ड हेल्थ अन्तराष्ट्रिय प्रदर्शनी तथा नेपाल हस्पिटल, सर्जिकल तथा मेडिकल अन्तराष्ट्रिय प्रदर्शनीका ३ विशेषताहरू छन् – प्रदर्शनी, सम्मेलन र साझेदारी । यी तीन विशेषताहरूलाई एउटै ठाउँमा ल्याई नेपालका विभिन्न फर्मा र हेल्थकेयर उद्योगलाई जोड्न, सम्बन्ध निर्माण गर्न र व्यापार अवसरहरू बढाउनका लागि यो प्रदर्शनीले केन्द्रीय भूमिका निर्वाह गर्ने आयोजकले जनाएको छ ।  

नेपाल फर्मा र हेल्थ प्रदर्शनीले स्थानीय औषधि, चिकित्सा र स्वास्थ्य सेवा उद्योगका लागि सञ्जालको काम पनि गरी औषधोपचारको क्षेत्रमा नयाँ आविष्कारदेखि नयाँ औषधिको विकाससम्मको विश्वव्यापी नवीनता प्रविष्ट गराउने माध्यम पनि बन्ने आयोजकको विश्वास रहेको छ ।  

Bizshala
New Office
CG Motors

यस्तै यो प्रदर्शनीेले विभिन्न देशका कम्पनीहरु र ब्राण्डहरू सहित बिजिनेस लिडरहरू, डाक्टरहरू, वैज्ञानिकहरू, रोग विशेषज्ञहरू, अनुसन्धानकर्ताहरू, सरकारी अधिकारीहरू, नीति निर्माताहरू र उद्योग पेशेवरहरूलाई एकसाथ समेट्ने जनाइएको छ । यो एक्सपोले नयाँ आविष्कारहरू र नयाँ बजारको खोजी गर्दै नेपालको चिकित्सा र प्रयोगशाला उद्योगलाई आवश्यक उचाईमा लिएर जानेछ भन्ने कुरामा आयोजक विश्वस्त छन् ।

Garima Development Bank
Shivam Cement
IME remit

साथै, यस अन्तराष्ट्रिय प्रदर्शनीमा विभिन्न स्वास्थसँग सम्बन्धित उद्योग, संघसंस्था लगायत अन्य सरोकारवालाहरुलाई समेटी गोष्टी तथा सेमिनार कार्यक्रम पनि आयोजना हुने आयोजकले जानकारी दिएको छ ।  

यस प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा नेपाल फर्मास्यूटिकल एशोसिएसन, नेपाल औषधि व्यवसायी संघ (काठमाण्डौ जिल्ला शाखा) तथा नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघ काठमाण्डौ इकाई रहेका छन् । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X