बिहीबार, असार १९,२०८२ 04:52:09
  • बिहीबार, असार १९,२०८२ 04:52:09
Global IME Bank Limited

नेपाल लाइफ इन्स्योरेन्सद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव

Hyundai Nepal
नेपाल लाइफ इन्स्योरेन्सद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव
Nabil Bank Limited

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा आह्वान गरेको छ । उक्त बैठकले कम्पनीको २५ औं साधारण सभा आगामी माघ २८ गते वीरगन्जमा रहेको होटल भिष्वामा बिहान ९ बजेदेखि सुरु गर्ने निर्णय गरेको छ ।  

सभामा कम्पनीको सञ्चालक समितिद्वारा गत आवका लागि प्रस्तावित १० प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश(बोनस सेयर तथा नगद लाभाशको करसहित)गरी कुल २१ प्रतिशत लाभांशको विेशष प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै, सभामा बोनस सेयर वितरणपश्चात जारी र चुक्तापूँजी वृद्धि हुने भएकोले कम्पनीको नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने र प्रबन्धपत्र र नियमावलीमा नियमनकारी निकायबाट कुनै संशोधन वा फेरबदल गर्न निर्देशन भएमा सोहीबमोजिम गर्ने सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

सभामा गत आवको वार्षिक प्रतिवेदन पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, र सर्वसाधारण सेयरधनीका तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ । ।  

कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि माघ १० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ माघ ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै कम्पनीका लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य ठहरिनेछन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.